संघीय राज्य बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुकहरुमा सरकार संगठित गर्ने एउटा लोकप्रिय शासन प्रणाली हो । विश्वका साना ठूला सबै मुलुकले संघिय शासन प्रणाली अपनाएका छन । हाल संघीय राज्यको रुपमा रहेका २९ वटा देशहरु छन । नेपालमा संघिय राज्यको माग झण्डै ७५ वर्ष अगाडि लोकतान्त्रिक आन्दोलनसंगै शुरु भएको थियो । त्यतिबेला त्यसको महत्व नेपाली समाजले बुझ्न सकेन । त्यसबेला संघियताको बारेमा छलफल र वहस पनि भएन कारण त्यसबेलाको समाज अशिक्षित थियो । त्यसपछि २०६२/०६३ सालको आन्दोलनले संघियता र राज्यपुनर्सरचनाको मुद्दालाई जोडतोडले उठायो । सफल पनि भयो । त्यसको फलस्वरूप २०६४ सालमा संविधानसभाको निर्वाचन सम्पन्न भयो तर चार वर्षको अथक प्रयासले पनि संविधान सभाबाट संविधान निर्माण हुन सकेन । २०६९ सालमा संविधान सभा नै भंग भयो । फेरी २०७० मंसिर ४ गते दोश्रो संविधानसभाको चुनाव सम्पन्न भयो । दोश्रो संविधान सभाले २ वर्षसम्म अन्तरक्रिया, छलफल, गोष्ठी र बैठक गरि बल्लतल्ल संविधान सभाबाट २०७२ असोज ३ गते संविधान दिन सफल भयो ।
नेपाली जनताले संविधान सभाबाट संविधान त पायो तर त्यो संविधानमा आदिवासी जनजाति, दलित, थारु, मधेसी, मुस्लिम, अल्पसंग्ख्यक, महिला, सिमान्तकृत समुदायको मुद्दाहरु छुटेकाले प्राप्त संविधान पनि अधुरो र अपुरो रह्यो । संविधान सभामा सर्वसम्मतिले पहिचान र सामर्थ्यको आधारमा संविधान निर्माण गर्ने सहमति गरेता पनि व्यवहारमा त्यस्तो भएन । पहिचान भनेको व्यक्ति वा संस्थाको परिचय हो ।
जनता समाजवादी पार्टीले संविधान सभामा संघिय प्रदेशको संरचना गर्न सुझावको लागि तत्कालिन सरकारबाट गठित राज्य पुनर्सरचना सुझाव उच्चस्तरीय आयोगले पेश गरेको सुझाव प्रतिवेदन अनुसारको भौगोलिक १० र गैरभौगोलिक १विरोधी कित्तामा उभ्याउन कम्मर कसेर लागेको सर्व विदितै छ । सदियौ वर्षदेखि एकल जातिय हैकमवाद कांग्रेस र कम्युनिष्टहरुमा प्रष्टै देखिन्छ । यिनीहरु पहिचान विरोधीहरु हुन ।
जातिय, भाषिक, ऐतिहासिक र सांस्कृतिक पहिचान झल्किने गरि प्रदेशको नामाकरण गर्न सके मात्र सबैले यो संविधानको अपनत्व लिन सक्छन । संविधान सभामा बहुमतले स्वीकार गरेको- लिम्वुवान, किरात, ताम्सालिङ, नेवा:, मगरात, तमुवान, थरुहट, खस, शेर्पालुङ, मिथिला-भोजपुरा र एक गैरभौगोलिक प्रदेश हो । समावेशी लोकतन्त्रमा विश्वास गर्ने जो कोहिले पनि एकले अर्काको पहिचानलाइ स्वीकार्न सक्नुपर्दछ । समावेशी लोकतन्त्र बिना पहिचान सहितको संघियता सफल हुदैन ।
समावेशी लोकतन्त्र (inclusive democracy) भनेको राज्यको राजकीय तथा सार्वजनिक मामिलामा हिस्सेदार बन्न नपाएका वा नसकेका सम्पूर्ण वर्ग, पेशा र तहका समुदायहरुलाई नीतिनिर्माण र कार्यान्वयनमा सहभागिता तथा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट समान रुपमा अंशीयार बनाउनु हो । यस नीतिले मुलुकका महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, ओबिसि र पिछडिएको क्षेत्रका जनसमुदायहरुलाई पनि देशको मुलधारमा समाहित गर्दछ । यस्तोखाले लोकतन्त्रको व्यवस्थित अभ्यास सबभन्दा पहिला सन १८४८ मा स्वीजरल्याण्डमा भएको थियो । त्यहा सन १८४७ मा भएको २६ दिनको गृहयुद्ध र प्रतिनिधिहरुको सम्मेलन बहिस्कारको घटना पश्चात विभिन्न जातिय तथा धार्मिक समुदायहरु बीच एक आपसमा नया संविधान बनाउने सम्झौता भयो ।
यहा पनि मा.राजेन्द्र श्रेष्ठको भनाइ सापट लिन उपयुक्त ठानेको छु । आजको विश्वमा पनि जुनजुन देशमा निरपेक्ष वा गैरसमावेशी प्रकृतिका लोकतन्त्र आए त्यस्तो देशमा त्यहाको सांस्कृतिक बहुलतालाई लत्याएर राष्ट्रिय-राज्य (nation-state) बनाउने प्रयत्न भैरहेका छन । त्यसले गर्दा त्यस्ता देशहरुमा जातिय विद्रोहहरु भैरहेका छन । अफगानिस्तान, सोमालिया, युगाण्डा, रुवाण्डा लगायतका देशहरुमा यस्ता समस्याहरु छन । कतिपय देशहरुमा त्यस्ता विद्रोहहरु नभए पनि उनीहरु दमित भएर बसेका छन र असन्तुस्ट छन । राज्यको मूल प्रवाहभन्दा टाढा रहनुपर्दा त्यस्ता समुदायहरु लोप भएका छन । बहुजातीय, बहुसांस्कृतिक मुलुकहरुलाइ जबरजस्ती एक जातिय बनाउने कुराको सर्वत्र विरोध भैरहेको छ । आजको विश्वकरणको युगमा विश्वका अधिकांश मुलुकहरु वहुजातीय बनिसकेका छन ।
(पहिचान सहितको संघियतामा केके कुराहरु रहन्छन भन्ने बारे भोलिका लेखहरुमा समावेश गरिनेछ
पहिचान सहितको संङ्घीयता -पुर्व मन्त्री शिवलाल थापा मगर
३ फाल्गुन २०७८, मङ्गलबार
In gambling game, timing your cash out separates winners from losers! Watch multipliers soar with every brave step forward. Play now and aim for epic payouts!
buy meloxicam 15mg without prescription - tamsulosin 0.2mg price buy tamsulosin tablets
order mobic 7.5mg without prescription - flomax 0.2mg without prescription tamsulosin price
esomeprazole 20mg oral - esomeprazole tablet buy sumatriptan cheap
buy levaquin cheap - order ranitidine 150mg online cheap order ranitidine 300mg generic
buy levofloxacin 500mg without prescription - cost levaquin buy ranitidine online cheap
nexium 20mg tablet - buy generic imitrex sumatriptan uk
buy warfarin pills - hyzaar for sale online losartan 25mg price
buy medex tablets - order hyzaar for sale losartan 25mg cost
propranolol for sale - methotrexate 10mg usa order generic methotrexate