मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समिति गठन

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

धनगढी । धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन गृह कार्य सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह तथा सुझाव सङ्कलनका लागि समिति गठन गरेको हो । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. टोकराज पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेको मन्त्रालयले जनाएको छ ।

समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीय, नागरिक समाजलगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन बुझाउने निर्णय भएको संयोजक पाण्डेले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकाय, समाजसेवी तथा स्थानीयसँग छलफलगरी १५ दिन भित्र प्रतिवेदन पेस गर्नेछ। उक्त विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन रु एक अर्ब विनियोजन गरिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार