मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष पक्राउ

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

काठमाडौं । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) पक्राउ परेका छन् । कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उपाध्यक्ष राईलाई पक्राउ गरेको हो ।

मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवादका क्रममा उपाध्यक्ष राईले फाकफोकथुम वडा १ का कृष्णबहादुर खड्कामाथि मुक्का प्रहार गरेको आरोप छ ।

आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीसमक्ष पुगेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद उत्पन्न भएसपछि उपाध्यक्ष राईले असन्तुष्टमध्येका खड्कालाई कुटपिट गरेको आरोप छ ।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको छ । सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवा असन्तुष्ट भएपछि विवाद उत्पन्न भएको हो ।

कोरिया जान चाहने ४ सय ७७ युवाले युवाले गाउँपालिकामा आवेदन दिएका थिए । तिनीहरूमध्ये १ सय ५ जना छानिने गाउँपालिकाले बताएको छ ।

आक्रोशित युवाले चैत ४ गते गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै विरोध जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार