नेकपा एमालेको मध्यपहाडी लोकमार्ग यात्रा बिहीबार पोखरा आइपुगेको छ । मंसिर १४ मा बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रा बिहीबार बागलुङ, पर्वत हुँदै कास्की प्रवेश गरेको हो ।
नयाँ पुलमा स्वागत गरेपछि अन्नपूर्ण गाउँपालिका हुँदै पोखरा महानगरपालिका–२५ हेम्जामा ओलीले सम्वोधन गरेका छन् ।
हेम्जाको मिलनचोकमा आयोजित कार्यक्रममा ओलीले मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला नरहेको बताएका छन् । एमालेको समृद्धिको लागि संकल्प यात्रा प्रतिक्रियावादीहरुका लागि सन्देश भएको पनि ओलीको भनाइ छ ।
‘१६ वर्षअगाडि मरेर चिहानमा पुगिसकेको राजतन्त्र फर्किनेवाला छैन । नेपाली जनताको गरिबीको कारण, कष्टका कारण, दुखको कारण, नेपाल विकसित हुन नपाउनको कारण राजतन्त्र हो,’ ओलीले भने, ‘त्यस्तो राजतन्त्र, सामन्ती प्रणालीलाई फर्किन दिइने छैन । जसले हजारौंको ज्यान लियो । त्यो कुराको सन्देश पनि चाहेका हौं ।