थमबेसी फागुन ६ । बह्रो थामबेसी रमाईलो मेला भोलि फागुन ७ गते देखि बुलिङ्टार गाउँपालिका वडा नं.१ थमबेसीमा हुने भएको छ । थामबेसी स्पोर्ट क्लवको स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बर्षेनी आयोजना हुने मेला यसवर्ष पनि भोलि शनिवारदेखि चार दिनसम्म चल्ने आयोजक क्लव जनाएको छ ।
मेलामा राष्ट्रिय कलाकारका साथै स्थानीय प्रतिभाको दोहोरी धमाका, स्थानीय सांस्कृतिक भेषभुषा तथा रहनसहनको संरक्षण–प्रवर्दन गर्ने उदेश्यका सास्कृतिक कार्यक्रमका साथै भलिवल प्रतियोगिता हुनेछन् ।
बाह्रौ बृहत रमाईलो थामबेसी मेला २०७८ फागुन ७ गते शनिवार उद्घाटन समारोहकाबीच स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले
बताएको छ ।
८ गते राष्ट्रिय स्तरका कलाकारहरु गायक रेशम निर्दोष, गायिका दिपिका बयम्वु, गायक ईश्वर सिंह, गायिका बिमला घर्ती, गायक यमकृष्ण सारु र डान्सर रोशनी थापा लगायतको प्रस्तुति रहने छ।
यस्तै, ९ गते हुने भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमस ५५ हजार ५ सय ५५ , ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैंया पुरस्कार राशि राखिएको जनाएको छ । प्रतिस्पर्धामा तनहुँ नवलपुरका टीमले सहभागिताका लागि नाम दर्ता गरेका छन् ।
बह्रौं रमाइलो थमबेशी मेला भोलि फागुन ७ गते देखि सुरु हुने ।
मगरात खबर डटकम
६ फाल्गुन २०७८, शुक्रबार