मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |
मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |


को हुन ? प्रथम सहिद लखन थापा मगर

Prahar Entertainment Media 1+ समाचार ( )
सन्दर्भ १४५औं प्रथम सहिद स्मृति दिवस
२ फाल्गुन २०७८, सोमबार

शहिदको अर्थ सहादत पाएको व्यक्ति भन्ने हुन्छ । सहादत प्राप्त व्यक्तिको मापक केहो भने आफ्नो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य विषय र क्षेत्रहरुमा ठूलो योगदान दिदै प्राण आहुति गरेको व्यक्तिलाई नै शहीद मान्न सकिन्छ। शहीदको नाम गौरवमय र अजम्वर रहन्छ । नेपालको इतिहासमा निरंकुश राणा शासनको विरोधमा पहिलो पटक विद्रोह गर्ने, आन्दोलनमा सक्रियतापूर्वक लड्दालड्दै प्राणको आहुति दिने पहिलो व्यक्ति हुन- लखन थापामगर

जन्म:
नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ (ई.सं १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो। डा. हर्षबहादुर बुडा मगरले 'राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर (द्दितीय )' पुस्तकमा उल्लेख गर्नुभए अनुसार , 'अन्नेरेरी कप्तान हनुमंसिंह थापा, सरदार बहादुर ( १८९१ -१९०१ ई.) २/३ गोर्खा राइफलका प्रथम सुबेदार मेजर थिए। हनुमंसिंहका काका लक्ष्मणसिंह थापाको जन्म गोरखामा १८३४ ई. मा भएको हो (२०५४, पृष्ठ ७ )। ' यसबाट पनि लखन थापा मगरको जन्म गोर्खाको काहुले गाउँमा नै भएको हो भन्ने कुरा ऐतिहासिक रूपबाट नै सान्दर्भिक देखिन्छ। उनको जन्म जुम्ल्याहा दाजुभाई का रूपमा भएको थियो। राम र लक्ष्मण दुई दाजु भाइ मध्ये लक्ष्मण थापालाई नै पछि लखन थापा भनिएको हो।
बाल्यकाल र प्रारम्भिक शिक्षा :
ठोस प्रमाणको अभावमा लखन थापा मगरको वाल्यकाल कहाँ र कसरी वित्यो भन्ने तथ्य उपलब्ध गराउन गाह्रो छ। तर उनको पुर्ख्यौली वाल्यकालका सम्बन्धमा अध्ययन गरे अनुसार सुगौली सन्धिपछि लखन थापा मगरका पुर्खाहरूमध्य आधा आफ्नै पुरानो गोरख गण सहित काठमाडौँ फर्केका थिए भने बाँकी रहेका आधा इस्ट इन्डिया कम्पनीको फौजमा सेवा गर्न बसेकाहरू तेश्रो गोर्खामा नोकरी गरी कालान्तरमा अल्मोडालाई आफ्नो भारतीय वतन बनाउन पुगेका थिए (डा. बुडामगर,२०५४,९ )[८] नेपालको पहिलो शिक्षालयको रूपमा स्थापित काठमाडौँ दरबार स्कुलमा राणा र राजपरिवारका सदस्यहरू मात्र पढ्न पाउँदथे। त्येसैले लखन थापा मगरको समयमा नेपालमा सर्वसाधारण जनताहरूले शिक्षा हासिल गर्नको लागि कुनै औपचारिक व्यवस्था थिएन। विकट गाउँहरूको त कुरै छोडौं राजधानी शहर काठमाडौँमा समेत कुनै विद्यालय खुलेका थिएनन्। नेपालका आफ्ना नातेदारहरूले छोराहरूलाई पढाउन भारत पठाउने गर्दथे। तसर्थ लखन थापा मगरले पनि तेश्रो गोर्खा राइफल्स्मा रहेका आफ्नै सम्बन्धीको फमिली क्वाटरमा बसेर प्रारम्भिक शिक्षा प्राप्त गरेको हुनुपर्दछ। सामान्यत: कुनै पनि व्यक्तिले वाल्यकाल बितेको स्थानमा नै प्रारम्भिक शिक्षा हासिल गरेको हुन्छ। लखनको वाल्यकाल अल्मोडामा प्रारम्भिक जीवन बिताएको र शिक्षा हासिल गरेको भन्ने कुरा ऐतिहासिक रूपबाट सान्दर्भिक देखिन्छ।
सैनिक सेवा:
नेपालको इतिहासमा मातृभूमिको रक्षार्थ नेपाली सेनाका वीर सपूतहरूले देखाएको बहादुरी, साहसी र बलिदान अद्दितीय छ। प्रारम्भिक शिक्षा समाप्त भएपछि लखन थापाले सैनिक सेवामा जाने इच्छा प्रकट गरे। त्यसबेला पुस्ता दरपुस्ताहरू एउटै पल्टनमा भर्ना हुने चलन थियो। उनको पुख्र्यौली परिवारलाई हेर्दा धेरैजसोको तेश्रो गोर्खा राइफल्समा भर्ना हुने परम्परा बनिसकेको थियो। त्यसैले फौजी जागिरका लागि आफन्तहरूले लखनलाई पनि सोही पल्टनमा भर्ना हुन उत्प्रेरित गर्न थाले तर सो कुरा मञ्जुर नगरेकाले उनले पारिवारिक दवाव पनि झेल्नु परेको थियो। बाल्यकालदेखि नै अत्यन्त स्वाभिमानी र राष्ट्रबादी स्वभावका लखन थापाले विदेशी सेनामा भर्ना भएर ईष्ट इन्डिया कम्पनीको चाकडी गर्न पट्टकै रुचाएनन्। नेपाली सेनाको तुलनामा अङ्ग्रेजी सेनामा त्यसबेला उपलब्ध हुने सुख, सुविधा, सहुलियत र मोजमज्जा आदिको ठूलो आकर्षण रहे तापनि उनले पुख्र्यौली परम्परालाई तोड्न गाह्रो मानेनन्। आफ्नो देशको राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रतालाई जोगाउन र तिनको संरक्षण, सम्बद्र्धन गर्ने लखनको उत्कट इच्छा थियो। मातृभूमि प्रति बफादार भै राष्ट्रको लागि मरिमेट्ने अभिलाषा उहाँको हृदयमा थियो। राष्ट्र प्रेमको पवित्र भावना बोकेर बीस वर्षको उमेर अर्थात् वि.सं.१९११ (सन् १८१४) मा आफ्ना पुर्खाले रुचाएको पुरानो गोरख गणमा उनी भर्ति भए। अत्यन्त योग्य, सक्षम र तीक्ष्ण बुद्धि भएकाले उनले रणकौशल, सैन्य सङ्गठन, सामरिक योजना, युद्धकला र रण प्रविधि आदिबारे दक्षता हासिल गरे। पराक्रम, दूरदर्शी र उपयुक्त समयमा उचित निर्णय लिन सक्ने क्षमतावान भएकाले गर्दा चौध वर्षको सैनिक जीवनमा वि.सं.१९२५ मा उनी कप्तानको दर्जामा पुगे। जङ्गबहादुरको शासन कालमा जति सुकै योग्य र क्षमतावान भए पनि साधारण परिवारका सैनिकहरूले जर्नेलसम्म हुन पाउँदैन थिए।

भारतीय विद्रोहको प्रभाव र स्वतन्त्र सेनानीहरू सँग सम्पर्क :

अङ्ग्रेज सरकारलाई मद्दत गर्न गएका जङ्गबहादुरसंग भारतीय स्वतन्त्र सेनानीहरूले गोरखपुरमा सम्पर्क पनि गरेका थिए। त्यसैबेला भारतीय विद्रोहीहरूसँग लखन थापाको पनि सम्पर्क भएको थियो। सम्भवतः उनकै माध्यमबाट भारतीय विद्रोहीहरूले जंगबहादुर राणालाई भेटेका पनि होलान्। ती विद्रोेहीहरूसंग सम्पर्क भएपछि लखनले आफ्नो राजनीतिक सोंच र कार्यक्रम पनि सोही अनुसार बनाएको हुनुपर्छ भनेर फ्रांसिली विद्वान मेरी लेकोम्टी टिलोइनले आफ्नो कार्यपत्रमा यसरी उल्लेख गर्नु भएको छ — "लखन थापा जो विद्रोहिहरूसंग संपर्कमा थिए उनले पनि आफ्नै देशको राजनीतिक अवस्थाको राम्रो जानकारी लिन पाए ”(मेरी लेकोम्टी टिलोइनल, “विद्रोही राजा लखन थापा मागर का इतिहास” २०००, pp१५०–१६८ भारतीय सिपाही विद्रोहलाई दमन गरेर निर्मुल पार्न अङ्ग्रेज सरकारले विद्रोहीहरूमाथि गरेका अमानवीय व्यवहारलाई लखनले आफ्नै आँखाले देखेका थिए। उपनिवेशवादको कट्टर समर्थक बनेर अङ्ग्रेजहरूलाई खुशी पार्न जङ्गबहादुरले गरेका निर्मम हत्या, लुटपाट, दमन, अत्याचारबाट लखन अत्यन्त असन्तुष्ट, विचलित र मर्माहत थिए। विद्रोहीमाथि अत्याचार गरिएको सो इतिहास “लखनऊ लूट”को नामले चर्चित छ। सन् १८५७ को सिपाही विद्रोहपछि भारतीय जनताले शुरुवात गरेको स्वतन्त्रता र स्वाधिनताको आन्दोलनलाई लखनले नजिकबाट नियालेर हेरिरहेका थिए। भारतीय स्वतन्त्रताको निमिक्त त्यहाँको जनताले गरेको कठिन संघर्ष र सहादतले उनीहरूमा राष्ट्रभक्तिको भावना जागृत भयो र जंगबहादुरको अधिनायकबादी निरंग्कुश तन्त्र विरुद्द संघर्षमा उत्रने दृढता पैदा हुन पुग्यो। त्यसैले भारतबाट काठमाडौँ फर्कने वित्तिकै श्रीपत गुरुङले जंगबहादुरको विरुद्द सैनिक विद्रोह गर्ने आँट गरे। तर यस सम्बन्धमा रहस्य खुलेपछि वि.सं. १९१४ जेठ १२ गते सैनिक अधिकृतहरूलाई उक्साई जंगबहादुर विरुद्द सैनिक विद्रोह गर्न खोजेको भन्ने आरोपमा टुँडिखेलमा आयोजित विजय परेडको अवसरमा नै उनको हत्या गरियो।[११] यस घटनापछि नेपालमा सैनिक विद्रोह्द्दारा जंगबहादुरको निरंकुश सत्ताच्युत गर्नसक्ने सम्भावना नभएको कुरा लखन थापाले शिक्षा पाए। जनएकताद्दारा विद्रोह गर्नुपर्ने आवश्यकता पनि उनलाई महसुस भयो र जनजागरण गराई जनस्तरबाटै विद्रोहको ज्वाला विष्फोटन गराउने कार्यमा अग्रसर भई सक्रिय रूपमा लागे।

जङ्गबहादुर विरुद्ध लखन थापा मगरको विद्रोह:
जङ्गबहादुरको जहानियाँ, तानाशाही र निरङ्कुश शासनबाट नेपाली जनता ज्यादै पीडित, शोषित र दुःखित थिए। तापनि प्रथम विश्वयुद्धभन्दा अघि जङ्गबहादुरको अत्याचारी शासन विरुद्ध कुनै सशक्त विरोध हुन पाएन। त्यस्तो हुनुमा नेपाली समाजको अज्ञानता, अशिक्षा र दयनीय आर्थिक अवस्था नै मुख्यरूपले जिम्मेवार थियो। साथै भारतीय भूमिबाट निरङ्कुश शासनको विरुद्ध कुनै कारवाही हुन नदिने अङ्ग्रेज सरकारको पनि नीति थियो। तर विश्वयुद्धपछि तत्कालीन आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा क्रमशः परिवर्तन आयो। त्यसै समयमा लखन थापा मगर र उनका सहयोद्धा जयसिंह चुमी मगर तीन महिनाको घर विदामा गोरखातर्फ आए। उनीहरूले देशको तत्कालीन राजनीतिक, सामाजिक, धार्मिक परिस्थितिहरूको अध्ययन, मनन गरे। तत्पश्चात् फर्केर आफ्नो सेनामा नफर्कने निधो गरे। जयसिंह चुमी पनि त्यस विचारमा सहमत भए।

लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्साल लगायत अन्य व्यक्तिहरूको सहयोगबाट स्थानीय युवाहरूको विद्रोही फौज खडा गरे। ढुङ्गाले घेरी बलियो किल्ला निर्माण भयो। किल्ला परिसरभित्र  मनकामना देवीको प्रतिमूर्ति स्थापना गरे। फौजलाई कवाज खेल्ने, तारो हान्ने, विभिन्न तालिम सञ्चालन गर्ने र खाने, बस्ने आदि बन्दोबस्त मिलाए। किल्लाभित्र ढुङ्गेधारा र पोखरीसमेत बनाइएको थियो। सेनालाई आवश्यक पर्ने ६० नाल बन्दुक, ठूलो संख्यामा तरवार, खुकुरी, भाला, डण्डी, धनुकाँड, खुँडा र कटारी जस्ता हातहतियारहरूको बन्दोवस्त गरे। विद्रोही सेनालाई आवश्यक रसदपानीको व्यवस्था मिलाई जनविद्रोह गर्न पूरा तयारी गरेका थिए। यो तयारी गर्न ६ महिनाभन्दा बढी समय लागेको थियो।

लखन थापाले बुङकोट गोर्खामा स्थानिय बिद्रोही सेनाहरू तथा तिन तले दरबार  सहित  प्यारेड  गराउंदको  स्थापना गरेका थिए। प्रारम्भमा राजनीतिक  तथा  रणनीतिक ढङ्गले जंगेको निरंकुश जहानिय शासनलाई हटाई आजाद देश हेर्न चाहन्थे। [१२] जङ्गबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्नका लागि केवल सैनिक विद्रोह मात्र पर्याप्त थिएन। एक सशक्त राजनीतिक सङ्गठन पनि आवश्यक छ भन्ने कुरा दृष्टिगत गर्दै तत्कालीन समयमा प्रचलित जोसमनी धर्मको आडमा उनले नेपाली जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयत्न गरे। उनी लगायत उनका सहयोगी, समर्थकहरू गोर्खाको गाउँघर र बस्तीबस्ती डुलेर अंग्रेजको दलाल बन्न पुगेका जंगबहादुर बिरुद्द उनकै काला कर्तुतहरूको भण्डाफोर गर्दै हिंडेको र लखन थापाले आम जनतालाई भेला गराई ठाउँठाउँमा भाषण, प्रबचन दिंदै एक प्रकारले प्रशिक्षण दिएको पाइन्छ। सत्य युगको जस्तो सुनौलो शासन (प्रजातान्त्रिक) व्यवस्था ल्याउन उनले पर्याप्त राजनीतिक चेतना समेत प्रवाह गरेको देखिन्छ। यसरी गोर्खामा बिद्रोहको जनलहर फैलिन पुगेको र बिद्रिहिहरूले भारी जनसमर्थन एबं जनसहभागिता पनि जुटाउँदै गएको पाइन्छ। [१३] “...जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ। जातिपाति, छुवाछूत झन चर्काएको छ। जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ। नेपालमा सत्य युग फिराऊँ भन्ने मनकामना माईले मलाई वरदान दिएकी छिन्। लौ भाइ हो तयार होऊँ ...” भन्ने उद्घोष गर्दै जनसमक्ष यस प्रकारका महत्त्वपूर्ण बुँदाहरूमा प्रकाश पार्न थाले

• कुटील षड्यन्त्र र जालझेलबाट सत्ता प्राप्त गरेका जङ्गबहादुर विदेशी (साम्राज्यवादी अङ्ग्रेज) शक्ति समक्ष नतमस्तक थिए। सो कुरा नेपाली जनता समक्ष उनले प्रष्टरूपले राख्न थाले।

• जङ्गबहादुरले जनतालाई त्राहीत्राही पार्‍यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित गर्‍यो भन्ने कुरा उनले जनतालाई बुझाउन थाले।

• नेपालमा सत्य युग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर उनले जनतालाई विद्रोहका निम्ति आव्हान गरे।

• त्यसबेलाका स्थानीय जनताहरूमा मनकामना माईप्रति गहिरो आस्था र धार्मिक विश्वास थियो। देवीबाट आफूलाई वरदान मिलेको र जङ्गेलाई हटाउन तयार हुनु पर्‍यो भनेर उनले अपील गर्न थाले। 

• सन् १८५४ को मुलुकी ऐनबाट आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न पुगेकोले उनीहरू जङ्गबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए। त्यसै समयमा लखन थापाले उद्घोष गरे- “...म लखन थापा (प्रथम)को अवतार हूँ र मलाई भगवती मनकामना माईले जङ्गबहादुरलाई मार्नु र नेपालको शासनसत्ता आफ्नो हातमा लिनु भनी आर्शिवाद दिएकी छिन् ...”

स्थानीय जनताहरूमा यस्तो उद्घोष, आव्हानको व्यापक प्रभाव पर्न गयो र जनताको स्वतःस्फूर्त सहभागिता र संलग्नता बढ्दै गयो। यसरी जङ्गबहादुर विरुद्ध पहिलो पटक संगठितरूपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो। वि.सं. १९२८ सालमा स्थानीय जनताले प्रभावशाली नेता लखन थापालाई आफ्नो राजा वा सो सरह पनि मान्न थाले।


प्रथम शहीदका वास्तविक हकदार लखन थापा किन र कसरी ?

निरंकुश राणा शासनको सुत्रधार कर्ता जंगबहादुरको राज्य सत्ता विरुद्द बि. सं . १९३२ मा चेतनाको दियालो बालेर लखन थापाको नेतृत्त्वमा जनस्तरबाट उठेको बिद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन थियो। सबै किसिमका सङ्गठन्हरू खोल्न प्रतिबन्धित अवस्थामा गरिएको यो सांगठानिक बिरोधको परिणामस्वरूप लखन थापा, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजना व्यक्तिहरू वि. सं . १९३३ फागुन २ गते जंगबहादुरको आदेशमा क्रुर्तापुर्बक झुन्ड्याइएका थिए। नेपालको राजनीतिक इतिहासमा पहिलो जनबिद्रोहको स्थान ओगट्न सफल यस बिद्रोहलाई दमन गर्ने सिलसिलामा झुन्ड्याइएका सात जना व्यक्तिहरू मध्य लखन थापा मगर सबैभन्दा पहिलो पटक डोरीमा झुन्ड्याइएकाले नै उनलाई पहिलो शहीद बन्ने सौभाग्य मिल्यो। उनको सहादतबारे राणा लेखक तथा अन्य इतिहासकारहरूले पनि उजागर गरेका छन्
। लखन थापाले नेतृत्व गरेको  जनयुद्ध  वा जनविद्रोहको लक्ष्य र रणनीतिहरू केवल जङ्गबहादुरको हत्या गर्ने कुरामा मात्र सीमित थिएन। राणाहरूको एकतन्त्रीय शासन ढालेर ठूलो राजनीतिक परिवर्तन ल्याउने अभिप्रायबाट जनविद्रोहको शुभारम्भ भएको थियो। जनयुद्धको तयारी अत्यन्त बृहत् र योजनावद्ध थियो। त्यसैले जनताले लखन थापालाई एक शक्तिशाली व्यक्ति, अत्यन्त पराक्रमी अर्थात् राजा वा सो सरह मानेका थिए। नेपालको इतिहासमा पहिलो पटक तत्कालीन नेपालको सम्पूर्ण जनसङ्ख्याको तुलनामा दुई हजार युवाहरूको जनमिलिशिया तयार गर्नु सामान्य कुरा थिएन। तथापि उनको विद्रोही योजनाले पूर्ण सफलता प्राप्त गर्न नसके पनि उनलाई प्रथम शहीदको सम्मान दिन सकिने प्रशस्त आधारहरू छन्:

• उनले व्यक्तिगतरूपमा विरोध वा विद्रोह गर्नुभन्दा पनि स्पष्ट लक्ष्य राखेर स्थानीय जनतालाई उत्साहित पारी सङ्गठनको निर्माण गर्न र योजनाबद्धरूपले सत्ययुग फर्काउन सशस्त्र युद्धकोलागि तयार रहँदा आठ–आठ जना विद्रोहीले प्राण गुमाउन पुगेकोले त्यस्ता ऐतिहासिक घटनाका नायक लखन थापा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने पहिला व्यक्ति हुन्।

• जङ्गबहादुरको निरङ्कुश, हुकुमी एवं तानाशाही शासनको विरोध गर्ने कुरा त्यसबेला कसैले सपनामा पनि चिताउँदैन थिए। त्यस्तो स्थितिमा जनसहभागिता र जनसक्रियतामा देशको राजनीतिक, सामाजिक परिवर्तनकालागि वि.सं. १९२७ सालमा लखन थापाको नेतृत्वमा उठेको यो जनविद्रोह पहिलो नै थियो।

• नेपालको इतिहासमा राणाहरूको अत्याचारी शासनको विरोधमा संगठित, योजनावद्ध साथै स्पष्ट लक्ष्यकासाथ लखन थापाको नेतृत्वमा सुनौलो नेपालको प्राप्तीकालागि सञ्चालन भएको यो पहिलो जनयुद्ध थियो।

• सामान्य ज्ञानदेखि इतिहासकारहरूले सर्वमान्य रूपमा नेपालका प्रथम शहीद लखन थापा मगर हुन् जसले राणा शासनको पहिलोचोटी जनस्तरबाट विद्रोह गरी निरंकुश जहानिया राणा शासनका प्रवर्तक जंगबहादुर राणा विरुद्द प्रजन्तान्त्रिक आन्दोलन लडी देश र जनताको निमित्त मृत्यूवरण गरे का थिए। [१६]

• जङ्गबहादुरको सैनिक शासन विरुद्ध लखन थापाको सक्रियतामा विद्रोही सेना खडा हुनु, बुङकोट काहुले भङ्गारमा विशाल किल्लाको निर्माण हुनु, लामो समयसम्म छापामार सैनिक तालिम सञ्चालन हुनु नेपालको सैनिक इतिहासमा पहिलो ऐतिहासिक घटना हो। यसबारे जङ्गबहादुरले खटाई पठाएको आठ पहरियाले पेश गरेको रिपोर्टमा सो सम्बन्धी विवरण यसरी उल्लेख भएको पाइन्छ, “पुग न पुग २००० जति युवा, अधवैंशे व्यक्तिहरूको चहलपहल, योजनावद्ध ढङ्गबाट जम्मा भइरहेको देखें।” (प्रमोद शमशेर राणा) शहिदको अर्थ सहादत पाएको व्यक्ति भन्ने हुन्छ । सहादत प्राप्त व्यक्तिको मापक केहो भने आफ्नो राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्र लगायत राष्ट्रिय जीवनका अन्य विषय र क्षेत्रहरुमा ठूलो योगदान दिदै प्राण आहुति गरेको व्यक्तिलाई नै शहीद मान्न सकिन्छ ।

        #सन्दर्भ, समाग्री सहयोग विकपीडिया बाट😀


प्रतिक्रिया

Kojwds १५ वैशाख २०८२, सोमबार

buy meloxicam for sale - buy mobic 7.5mg sale tamsulosin 0.4mg without prescription

Odcgtz ९ वैशाख २०८२, मङ्गलबार

levofloxacin brand - purchase levaquin generic purchase zantac generic

Nqfmly ६ वैशाख २०८२, शनिबार

coumadin brand - coumadin 5mg pills hyzaar sale

Nvjzga २ वैशाख २०८२, मङ्गलबार

inderal generic - clopidogrel usa buy methotrexate

Rohgky १ वैशाख २०८२, सोमबार

domperidone brand - purchase sumycin online cheap flexeril without prescription

Ddeoal २४ चैत्र २०८१, सोमबार

domperidone price - cyclobenzaprine tablet cyclobenzaprine 15mg for sale

Mxqikf २१ चैत्र २०८१, शुक्रबार

buy zovirax 800mg online - order zovirax online cheap buy crestor online

Bpphwb १६ चैत्र २०८१, आइतबार

order misoprostol pills - buy diltiazem generic order diltiazem generic

Gygfhc १३ चैत्र २०८१, बिहीबार

buy clarinex online cheap - order desloratadine sale priligy 90mg usa

Jxqxpn ११ चैत्र २०८१, मङ्गलबार

methylprednisolone 4mg tablets - order aristocort online cheap order triamcinolone

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार