सीताराम विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा २१ जोडीको सामूहिक विवाह भएको छ । विश्व हिन्दू परिषद नेपालको आयोजनामा सोमबार साँझ जानकी मन्दिर प्रांगणमा २१ जोडीको सामूहिक विवाह गराइएको हो ।
जानकी मन्दिर प्रांगणमा मैथिली परम्परा अनुसार २१ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको र उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले जानकारी दिए ।