कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत फेला परेका छन् ।भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्का मोटरसाइकलसहित आज बिहान मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले म१प ४८५२ नम्बरको मोटरसाइकल चढेका खड्का आज बिहान मृत भेटिएको बताए ।उनकाअनुसार वडाध्यक्ष थापा दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए ।